लागु औषध सहित एक जना महिला पक्राउ

हेटौंडा टुडे
२०७८ माघ २३, आईतवार ०९:५२ गते

मकवानपुरमा लागुऔषध सहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध डाईजेपाम, फेनार्गन, नुरफिनसहित बकैया–४, छतिवनकी २९ वर्षीया महिलालाई प्रहरीले हेटौंडा–१९, बस्तीपुरबाट पक्राउ गरेको हो ।

शुक्रबार राती ८ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएकको प्रहरी टोलीले खत्रीलाई बस्तीपुरस्थित डेराबाट पक्राउ गरेको जनाएको छ । खत्रीको डेराबाट डाइजेपाम २८० एम्पुल, फेनार्गन २६८ एम्पुल र नुरफिन २५० एम्पुल गरी जम्मा ७९८ एम्मपुल बरामद भएको प्रहरीले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेद्र गुरुङले लागुऔषध कारोबार गर्ने गिरोह नै रहेको र ती गिरोहलाई पक्राउ गर्न प्रहरी सक्रिय रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*