हेटौँडा/ नेपाली बजारमा सुनचाँदीको मूल्य बुधबार घटेको छ ।
छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले घटेर एक लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य तोलामा एक लाख एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य ३५ रुपैयाँले घटेर तोलामा १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सेयर गर्नुहोस्
















