हेटौडा । सरकारले ३८ हजार २५३ रुपैयाँ भन्दा माथिका मोबाइल आयातमा प्रतिबन्ध लगाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पुरानो व्यवस्थामा थप परिमार्जन गर्दै मोबाइल आयातमा थप कडाइ गरेको हो । विदेशी मुद्राको सञ्चिति घट्दै गएको भन्दै सरकारले गत वैशाख १३ गते अत्यावश्यक नभएका १० वस्तु असार मसान्तसम्म आयात गर्न नदिने निर्णय गरेको थियो ।
गत बैशाख १३ गते सरकारले ६०० अमेरिकी डलर भन्दा बढी मूल्यका मोबाइल फोन आयात गर्न रोक लगाएको थियो ।त्यसमा कडाइ गर्दै यस पटक ३०० अमेरिकी डलर भन्दा बढी मूल्यका फोन आयातमा रोक लगाएको छ । आजबाट भदौ १४ गतेसम्म भने ३०० डलर भन्दा माथिका मोबाइलको लागि एलसी खोल्न पाइने छैन् ।
सेयर गर्नुहोस्




















