सुस्तमनस्थितिकी बालिकालाई जबरजस्ती करणीआरोपमा पुरुष पक्राउ

हेटौंडा टुडे
२०७९ श्रावण ३, मंगलवार ११:०८ गते

हेटौडा । सुस्तमनस्थिति भएकी एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सिन्धुपाल्चोकमा एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका वडा ५ बस्ने ५६ वर्षीय डम्मरबहादुर भुजेल रहेका छन्। भुजेलमाथि आइतबार बेलुका साढे सात बजेको समयमा १२ वर्षीया बालिकालाई पधेरोटोलस्थित कच्ची बाटोमा जबरजस्ती करणी गरेको आरोप छ।भुजेललाई हिजो बिहान उनकै घरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*