एकै घरका दुई बालबालिकाको पानी ट्याङ्कीमा डुबेर मृत्यु

हेटौंडा टुडे
२०७९ श्रावण ३, मंगलवार ११:३७ गते

हेटौडा । दुल्लु नगरपालिका वडा नं ३ दैलेखमा एकै घरका दुई बालबालिकाको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । बखत महतका छोरा १२ वर्षीय दिनेश महत र छोरी नौ वर्षीया अनिता महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय, दैलेखका प्रहरी प्रमुख डीएसपी भुवनेश्वरप्रसाद साहले कर्णाली नदी छेउमा कर्णाली कोटछाल लिफ्टिगं सिँचाई आयोजनाले निर्माण गरेको ट्याङ्कीमा डुबेर उनीहरुको ज्यान गएको बताउनुभयो ।

मृतक दुवैको पोष्टमार्टमका लागि दुल्लु अस्पताल, दैलेखमा राखिएको छ । स्थानीयले ट्याङ्की निर्माण गर्ने ठेकेदारको लापरवाहीको कारण उनीहरुको ज्यान गएको आरोप लगाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*