हेटौडा । आज बिहान बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प खोटाङ केन्द्र रहेर गएको भूकम्पले छिमेकी जिल्ला भोजपुरको एक घर भत्काएको छ। भूकम्पको धक्का काठमाडौं उपत्यकासम्म महशुस गरिएको थियो।
भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बिहान गएको भूकम्पले भोजपुरस्थित टक्सारमा रहेको केही घरमा क्षति पुर्याएको विवरण प्राप्त भएको बताए।‘टक्सारका घरमा क्षति पुर्याएको छ। प्रहरीहरू पठाएको छु,’ उनले सेतोपाटीसँग भने, ‘२०७२ कै भूकम्पबाट चर्केको एउटा घरको केही भाग भत्केको जानकारी छ।’खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले भूकम्पबाट साकेलाका केही घर चर्केको जानकारी दिए। ‘केही घर चर्केका छन्। मानविय क्षति भएको छैन,’ उनले भने।
सेयर गर्नुहोस्




















