करेन्ट लागेर एक जनाको मृत्यु

हेटौंडा टुडे
२०७९ भाद्र १०, शुक्रबार १३:२३ गते

हेटौडा । विराटनगर महानगरपालिका १ का ५५ वर्षीय लालबिहारी कामतको करेन्ट लागेर मृत्यु भएको छ। बिहीबार बिहान विराटनगर महानगरपालिका(११ मा रहेको कपडा उद्योगमा मेसिन चलाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका कामतको उपचारको क्रममा विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको हो।घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*