मेवाको पात खाँदा डेंगु सन्चो हुन्छ भन्दा अझ जटिलता थपिन्छ

हेटौंडा टुडे
२१ भाद्र २०७९, मंगलवार १८:००

हेटौडा । देशभर डेंगु संक्रमण बढिरहेको समयमा अस्पताल जाने धेरै बिरामीले डेंगुको लक्षण देखिएको भन्दै घरेलु उपचार पनि गर्ने गरेको तथा डेंगु ज्वरो पुष्टि भइसके पछि घरेलु उपचार गर्ने गरेको पाइएको चिकित्सकहरुले बताउने गरेका छन्।डेंगु ज्वरो देखिएका बिरामीहरुले घरेलु उपचारको रुपमा मेवाको पात सेवन गर्ने गरेका छन्। डेंगु संक्रमण भइसकेपछि विशेषत रगतमा प्लेटलेट्स घटाउने र मेवाको पातले प्लेटलेट्स बढाउने भन्दै मेवाको पात खाने गरेको सूचना धेरै आइरहेको उनीहरु बताउँछन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निर्देशक डा। बासुदेव उपाध्यायका अनुसार केही अन्तरराष्ट्रिय जर्नलहरूमा मेवाको पातमा पातमा प्लेटलेट्स बढाउने केही तत्व भए पनि डेंगु संक्रमण भएको समयमा यसले कस्तो गर्छ भन्ने कुराको पुष्टि नभएको हुँदा जथाभावी मेवाको पात खान हुँदैन।

‘मेवाको पातमा प्लेटलेट्स केही तत्व हुने कुरा सही हो तर प्लेटलेट्स बढाउन भन्दै चिकित्सकको निगरानी बिना नै आफूखुशी खाने गर्दा स्वास्थ्यमा जटिलता थपिन्छ’, उनले भने।

यदि खानुपर्ने अवस्थामा चिकित्सको रिपोर्ट अनुसार आयुर्वेद चिकित्सकको निगरानीमा मात्रै खाने गर्नुपर्ने उनले बताए। ‘मेवाको पात आफैँमा नराम्रो होइन, यसमा औषधीय गुण धेरै राम्रो छ तर चिकित्सको सल्लाह बिना काँचै पात पकाएर खानु ठूलो गल्ती होु, डा। उपाध्यायले भने।

सामाजिक सञ्जालमा देखिएको सूचना तथा छर छिमेकीले दिएकै सुझाव भन्दै जथाभावी मेवाको पातको रस नखानसमेत उनले सल्लाह दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*