जीप दुर्घटना हुँदा चारजना घाइते

हेटौंडा टुडे
२०७९ मंसिर २१, बुधबार १२:०५ गते

हेटौंडा  | बैतडीमा एउटा जीप दुर्घटना हुँदा बुधबार चारजना घाइते भएका छन् ।

बझाङको बुगलबाट धनगढीतर्फ आउँदै गरेको से१च १२२६ नम्बरको जीप बैतडीको सुर्नया गाउँपालिका–६, मोतिनगर बजारनजिकै दुर्घटनामा भएको हो । जीप सडकबाट खोल्सामा खसेको छ ।

दुर्घटनामा परी बझाङको बुङ्गल नगरपालिका–९ की ४० वर्षीया नर्मा पातली, सोही ठाउँकी ७० वर्षीया काली पातली, ४५ वर्षीय नरपती पातली  र चालक बझाङकै केदारस्यू गाउँपालिका–५ का २० वर्षीया धनबहादुर गुर्धामी घाइते भएका छन् । घाइते नर्मा, काली र नरपती एकै घरका हुन् । घाइते नरपती र काली पातलीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई उपचारका लागि डडेलधुरा लगिएको प्रहरीचौकी खोडपेका इन्चार्ज गणेशबहादुर बिकले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*