ठोक्कियो चिलसँग तारा एयरको जहाज

हेटौंडा टुडे
२०७९ मंसिर २१, बुधबार १६:०२ गते

हेटौंडा | नेपालगञ्जबाट हुम्लाको सिमकोट विमानस्थलका लागि उडेको तारा एयरको जहाज चिलसँग ठोक्किएको छ।

बुधबार दिउँसो सिमकोट विमानस्थलमा अवतरण गर्न करिब ५ मिनेट बाँकी रहँदा जहाज चिलसँग ठोक्किएको हो ।

जहाजसँग चिल ठोक्किदा जहाजको अगाडिको भागमा प्वाल परेको छ भने जहाजमा दुई पाइलट र एक जना एयर होस्टेस रहेका थिए। उनीहरु सबै सुरक्षित रहेका छन् ।

नेपालगञ्जबाट तारा एयरको जहाजले दिउँसो पउने १२ बजे उडान गरेको थियो । सिमकोटसम्म पुग्न ४० मिनेट पुग्नु करिब ५ मिनेट बाँकी रहँदा चिलसँग जहाज ठोक्किन पुगेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*