भोलिदेखि मेलम्चीको पानी पठाउने काठमाडौं उपत्यकाका घर घरमा

हेटौंडा टुडे
२०७९ मंसिर २२, बिहीबार १७:२४ गते

हेटौंडा | काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले भोलिदेखि मेलम्चीको पानी धारा–धारामा पठाउने भएको छ । बाढीका कारण वर्षायाममा ६ महिना बन्द भएको पानी पुनः उपत्यकाबासीलाई वितरण गर्न लागिएको हो ।

केयूकेएलका प्रवक्ता प्रकाश कुमार राईले चाबहिलस्थित महाँकालचौरको पानी ट्यांकीबाट पानी वितरण सुरु गरिने जानकारी दिए ।  उनका अनुसार भोलि बिहान साढे ८ बजेदेखि नै पानी धारा धारामा पठाइनेछ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले भोलिदेखि मेलम्चीको पानी धारा–धारामा पठाउने भएको छ । बाढीका कारण वर्षायाममा ६ महिना बन्द भएको पानी पुनः उपत्यकाबासीलाई वितरण गर्न लागिएको हो ।

“अहिले ट्यांकीमा पानी आइरहेको छ । भोलि बिहानदेखि वितरण थाल्छौँ । अबको दुई चारदिनमै १७ करोड लिटर पानी उपत्यकामा वितरण हुन्छ,” प्रवक्ता राईले भने ।

केयूकेएलका अनुसार उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग छ । मेलम्चीको पानीले करिब ४० प्रतिशत पानी आपूर्ति गर्छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*