महोत्तरीमा गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु

हेटौंडा टुडे
२०७९ मंसिर २५, आईतवार १०:५६ गते

हेटौंडा | महोत्तरीमा गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिवास नगरपालिका–३ कालापानीका ६६ वर्षीय वीरबहादुर आले मगर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, सिन्धुलीबाट बर्दिवासतर्फ आउँदै गरेको स १ च १५४५ नम्वरको गाडीले बाटो काट्ने क्रममा मगरलाई ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार, गाडीको ठक्करबाट गम्भीर घाइते मगरको उपचारको क्रममा बर्दिवासस्थित जनसेवा अस्पतालमा मृत्यु भएको हो । गाडी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*