कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु

हेटौंडा टुडे
२०७९ मंसिर २५, आईतवार ११:२० गते

हेटौंडा |  कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–७ हरैया चोकस्थित पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल ट्रयाक्टरमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हनुेमा मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर–८ राजघाटका २३ वर्षीय राजकुमार चौधरी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, चौधरीले चलाएको से.७ प ७७९३ नम्वरको मोटरसाइकल सोही दिशातर्फ रोकेको सुपप्र ०१–००२ त ६४६४ नम्वरको ट्रयाक्टरसँग ठोक्किएर दुघद्र्धटना हुँदा उनी गम्भीर घाइते भएका थिए ।

घाइते चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि सेतीको शव गृहमा राखिएको छ । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*