हेटौडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी(१ बाघझोरामा पानीको बहाव उच्च हुदा सडकखण्ड अवरुद्ध बनेको छ।
सोमबार साँझ परेको बर्षाका कारण बाघझोरामा पानीको बहाव उच्च हुदा यातायात सञ्चालनमा समस्या देखिएको छ। यो समाचार तयार पार्द सम्म पानी पर्ने क्रम नरोकिएकोले अवरुद्ध सडकखण्ड खुलाउन समस्या देखिएको मकवानपुर प्रहरीले जनाएको छ। निरन्तर पानी परेसँगै उक्त स्थानमा खहरे उर्लने गर्दछ जसका कारण त्रिभुवन राजपथनै अवरुद्ध हुने गरेको छ।
सेयर गर्नुहोस्




















