हेटौंडा | बैतडीमा एउटा जीप दुर्घटना हुँदा बुधबार चारजना घाइते भएका छन् ।
बझाङको बुगलबाट धनगढीतर्फ आउँदै गरेको से१च १२२६ नम्बरको जीप बैतडीको सुर्नया गाउँपालिका–६, मोतिनगर बजारनजिकै दुर्घटनामा भएको हो । जीप सडकबाट खोल्सामा खसेको छ ।
दुर्घटनामा परी बझाङको बुङ्गल नगरपालिका–९ की ४० वर्षीया नर्मा पातली, सोही ठाउँकी ७० वर्षीया काली पातली, ४५ वर्षीय नरपती पातली र चालक बझाङकै केदारस्यू गाउँपालिका–५ का २० वर्षीया धनबहादुर गुर्धामी घाइते भएका छन् । घाइते नर्मा, काली र नरपती एकै घरका हुन् । घाइते नरपती र काली पातलीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई उपचारका लागि डडेलधुरा लगिएको प्रहरीचौकी खोडपेका इन्चार्ज गणेशबहादुर बिकले जानकारी दिए ।
सेयर गर्नुहोस्


















