मुग्लिन नारायणगढ सडकखण्ड दैनिक दिउँसो ४ घण्टा बन्द हुने

हेटौंडा टुडे
२०७९ मंसिर २८, बुधबार ११:०० गते

हेटौडा। पुस ५ गतेबाट मुग्लिन नारायणगढ सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने भएको छ।सडक खण्ड अन्तर्गत विभिन्न स्थानमा पुल निर्माणका लागि पुस ५ गतेबाट बिहान ११ बजेबाट ३ बजेसम्म दैनिक ४ घण्ट सवारी आगमन बन्द हुने भएको हो।

जिल्ला प्रशासन कार्यालय चितवनमा मंगलबार सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरिएको छ।भौगोलिक रुपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामको लागि सवारी आवागमन रोक्न लागिएको चितवनका प्रजिअ आस्मान तामाङले बताएका छन्।

नारायणगढतर्फबाट जाने यात्रुबाहक बस, मिनि, माइक्रो बस, साना सवारी साधनलाई पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोक्ने निर्णय गरेको छ। यस्तै मालबाहक ट्रक, लरी, ट्रेलर, ट्रिपर, ट्याङ्कर लगायतका भारी सवारी साधनलाई भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः५० बजेदेखि रोकिने प्रजिअ तामाङले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*