हेटौंडाको बसपार्क पानीले जलमग्न

हेटौडा टुडे
५ आश्विन २०७८, मंगलवार १५:४९

हेटौंडा । मंगलबार दिउँसो परेको पानीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित बसपार्क  जलमग्न भएको छ । बसपार्क स्थित हङकङ बजार अगाडी रहेको खासा बजार आसपास पानी निकासा हुन नसकेर जलमग्न भएको हो  । दिउँसो परेको पानीको प्रभाबले गर्दा उक्त स्थान केही बेर सावारी तथा मानिसको आवात जावातमा समेत प्रभाव परेको थियो । भारी बर्षाले गर्दा पानीको निकास नभएकाले उक्त स्थानका व्यावसायिहरुले बर्षनै यस्ता समस्या खेप्दै आईरहेका छन् ।

अझै केही बेर पानी परेको भए पानी पसल भित्रै छिरेर सबै सामानहरु नै काम नलाग्ने हुन्थ्यो धन्न पानी रह्यो एक ब्यापारिले हेटौंडा टुडेलाई बताए । यो समाचार तयार पार्द उक्त स्थानमा जमेको पानि केही घटिसकेकाले सवारी तथा पैदल यात्रा आवत जावत सुरु भएको छ । हेटौंडा १० बस पार्कमा ढल निकास नहुदा व्यावसायि तथा पैदल यात्रीले सधँ यसै गरि सास्ती ब्यहोरी रहेका छन । सम्बन्धि निकायको यसमा चासो दिनु जरुरी देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*