हेटौंडा/हेटौंडा बजारबाट करिब ८ किलो मिटर दुरिमा रहेको मकवानपुरगढि गाउँपालिका जाने मुख्य सडककले अझै पनि पूर्णता पाउन सकेको छैन । हेटौंडा ५ पिप्ले रुद्रेश्वर मन्दिर जाने बाटो भडारि खोल्छाबाट गाउँपालिकाको दुरि करिब ५ किलो मिटर मात्र भएता पनि यो सडक खण्डले अझै पनि पुर्णता पाउन सकेको छैन ।
मकवानपुरगढी गाउपालिका भित्रका सबै जसो वडाहरुका साखा सडकहरुमा स्ल्याब ढलान, ग्राबेल भएता पनि गाउँपालिका जाने मुख्य यो सडकले आज सम्म पनि पूर्णता पाउन नसक्दा यो सडकको बिषय चर्चाको विषय बनेको छ । स्थानिय सरकारको अबधि सकिन लाग्दा पनि गाउँपालिका जाने यो मुख्य सडकको अबस्था भने कतै कच्ची, कतै पिच , कतै स्ल्याब ढलान भएता पनि पिच भत्केर सडकमा खाल्टा खुल्टि भएकाले बर्षातको समयमा पानि जम्ने हिउदामा धुलो छारोले गर्दा त्यहाँका स्थानियबासिहरुले हैरानि ब्यहोर्नु परिरहेको छ ।
स्थानिय सरकार आएपछि हेटौंडा पिप्ले मक्रान्चलि सडक खण्डका केहि ठाउमा विकास भएता पनि गाउँगाउँमा सिंहदरबार भन्ने यो नाराले मुख्य सडकको छेउछाउमा बस्ने स्थनियबासिन्दाहरुले यो अनुभुति गर्न पाएका छैनन । स्थानिय सरकारले विकासको लागि जति नै बजेट छुट्याएर यो सडकमा निर्माण गरेता पनि निर्माण भएको सडकमा अहिले पिच भत्कने , स्याल्ब चर्किने फुटने गरेको स्थानियबासि बताउँछन् ।
हेटौंडा पिप्ले मक्रान्चलि सडक खण्डमा रहेको हेटौंडा ५ पिप्ले रुद्रेश्वर मन्दिर नजिकैको भडारी खोल्छाको सडम गाउपालिकाले बनाउने कि नगरपालिकाले बनाउने भन्ने हानथापले गर्दा यो बाटो भएर गुड्ने सवारि साधनलाई बर्षतको समयमा आवतजावत गर्न समस्या पर्दै आईरहेको एक अटो चालक बताउछन ।
बिगत लामो समय देखि जिर्ण रहेको भडारी खोल्छामा भने २० लाख बजेट रहेको र सो सडक एक हप्तामा बन्ने हेटौंडा उपमहानगरपालिको ५ को वडा अध्यक्ष राजेश बानियाले टेलिफोन सम्बाद गर्दै हेटौंडा टुडेलाई बताउनु भयो ।अहिले हेटौंडा बजार हुँदै यो सडक खण्डमा पालिका अध्यक्ष लगाएत धेरै जसो कर्मचारिहरु यहि सडकखण्ड अन्र्तगत ओहोर गर्ने गर्नु भएको छ । यहि सडक खण्ड अन्र्तगत ओहोर दोहोर गरेता पनि कसैले यो सडक विकास प्रति चासो देखाएको पाईदैन । यस तर्फ स्थानिय सरकारको ध्यान जान जरुरि देखिन्छ ।